२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थतन्त्रको शिथिलता चिर्ने गरि बजेट आएको अर्थमन्त्री पुनको दावी

आइतवार , जेठ २०, २०८१

काठमाडौं, २० जेठ । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको शिथिलता चिर्ने गरि बजेट ल्याइएको दावी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट ल्याएको दावी गरेका हुन् । बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढंगले बजेट आएको उनले बताए ।

उनले निजी क्षेत्रले सन्तुलित बजेट आएको प्रतिक्रिया दिएको भन्दै यसलाई सफल कार्यान्वयन गर्ने दायित्व पुरा गर्ने प्रतिवद्धता जनाए । उनले समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको जानकारी दिए । राजस्वका दर निकै कम मात्र हेरफेर गरिएको भन्दै अर्थमन्त्री पुनले त्यसले उद्योगलाई संरक्षण गर्ने बताए ।

उनले  गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएपनि अझै पूरै सुधारको अवस्थामा भने पुगिनसकेको धारणा राखे ।