२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरुद्वारा विरोध प्रदर्शन

आइतवार , जेठ २०, २०८१

काठमाडौं, २० जेठ । सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार बृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।

१४ बर्षदेखि लागू गरिएको सुनको सिण्डीकेट र हाल सुनमा लगाइएको अव्यहारिक भन्सार बृद्धिको विरोध गर्दै संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको सिण्डीकेट तुरुन्त खारेज गर्नुपर्ने, अव्यवहारिक सुनको भन्सार बृद्धि तुरुनत खारेज गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै व्यवसायीहरुले सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री नीति निर्देशीका, ऐन तुरुन्त लागू गर्नुपर्ने लगाएत तीन बुँदे माग अघि सारेका छन् । सरकारको अव्यवहारिक नीतिका कारण साना व्यवसायहरु थप समस्यामा परेको उनीहरुको भनाइ छ ।