२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

युवा उद्यमी मञ्च रुपन्देहीमा रिसव वझा

बुधवार , जेठ २३, २०८१

  • 883
    Shares
  • 883
    Shares
  • बुटवल, २३ जेठ । 
    नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटरको आठौं वार्षिक साधारणसभा तथा अधिवेशन बाट २०८१ को नयाँ नेतृत्वमा रिसव वझा चयन भएका छन् । तिलोत्तमाको कोटिहवामा भएको साधारण सभाबाट वझाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

    3997fdb5-1ff5-4032-9a97-901935ef9bc8.jpeg
    रिसव वझा

    मञ्चको प्रथम उपाध्यक्षमा आदर्श श्रेष्ठ, द्वितीय उपाध्यक्षमा अनिश कसौधन र सदस्यहरुमा प्रतिक कसजु, सुमन बस्याल, सुमित वझा, सुमित श्रेष्ठ, प्रविना घिमिरे, मन्जिल बिश्वकर्मा, विराट जोशी, अमन श्रेष्ठ र मन्दिप अमात्य निर्वाचित भएका छन ।

    कार्यक्रममा अध्यक्ष सन्देश श्रेष्ठले वर्षभरीको कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामी दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत गरे ।

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित युवा उद्ममी मंच रुपन्देहीका कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले अबको  उद्यमशीलता युवाको काँधमा रहेको भन्दै सोही अनुसारको जिम्मेवारी पूरा गर्ने क्षमता युवामा हुुनुपर्ने बताए । युवा उद्यमशीलता अहिलेको आवश्यकता रहेको भन्दै केन्द्रीय अध्यक्ष ढकालले सोही अनुसारको योजना निर्माण गरी लाग्नको लागि आग्रह गरे । 

    कार्यक्रममा नेपाली युवा उद्ममी मंचका केन्द्रीय अध्यक्ष साहारा जोशी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका उपाध्यक्ष जिवकान्त काफ्ले , युवा उद्ममी मंच रुपन्देहीका पूर्व अध्यक्षहरु आनन्द वझा, पूर्व अध्यक्ष सुमोद मान सैजु, सन्दीप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य, निरज लाकौल, अखिलेश कसौधन, आर्दश श्रेष्ठ लगायतले भनाइ राखेका थिए ।