२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आर्थिक बृद्धिदर ६ प्रतिशत हुने आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्छ : गगन थापा

बुधवार , जेठ २३, २०८१

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको आर्थिक बृद्धिदर ६ प्रतिशत हुने सरकारको अनुमानको आधार अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा मुलुकको आर्थिक बृद्धिदरको अनुमान मौसमको अनुमान गरेजस्तो नभएको भन्दै सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुने आधारबाट अर्थमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

आर्थिक गतिविधि संकटका अवस्थामा सरकारले लिएको राजस्वको लक्ष्य पुरा हुनेमा आशंका रहेको उनको भनाइ छ । उहाले राजस्वको लक्ष्य भेट्ने आधारका बारेमा पनि प्रष्ट पार्नुपर्ने बताए । थापाले राष्ट्रिय गौरवको आयोजनाहरुमा अन्त्य न्यून बजेट बिनियोजन गर्दा दशर्कौसम्म पनि पुरा हुन अवस्था नदेखिएको धारणा राखे । पूँजीगत खर्चको योजनाका बारेमा पनि अर्थमन्त्रीले प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।

गठबन्धनको मुख्य दल एमाले अध्यक्षले नै बजेटसंग रंग मिल्दैन भन्दै दायित्वबाट पन्छिन खोजेको उनले बताए । उनले मुलुकको राजनीतिक समिकरण परिवर्तन भइरहने हुँदा केहि समयपछि बजेट आफैले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले अर्थमन्त्रीलाइ सामान्य प्रश्नमात्रै सोध्ने भन्दै कटाक्ष गरे ।