२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

रोहिणी गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला

बिहिवार , जेठ २४, २०८१

  • 874
    Shares
  • 874
    Shares
  • भैरहवा, २४ जेठ ।
    रोहिणी गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख उपसचिव माधव वन्जाडेले राष्ट्रिय रुपमा बनेको पाठ्यक्रमले यहाँको आवश्यकता, यहाँको वास्तविक धरातललाई समेटन नसकेकाले कतिपय विषयवस्तु, स्थानीय भाषा, इतिहास, पेशा, व्यवसायलाई समेट्न स्थानीय पाठ्यक्रम आवश्यक रहेको बताए । उनले स्थानीय पाठ्यक्रमले आफ्नो गाउँठाउँप्रतिको मायाममता, अधिकारप्रति सचेत र कर्तव्यप्रति बोध गराउने बताए । 

    त्यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति लागपरेको बताए । उनले स्थानीय पाठ्यक्रम महत्वपूर्ण विषय रहेकोमा जोड दिए ।

    गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) का निर्देशक युवराज अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका शिक्षा समिति सदस्यहरु, पाठ्यक्रम निर्माण समिति सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।