२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सहकारी शिक्षा तालिम सम्पन्न

शनिवार , जेठ २६, २०८१

भैरहवा, २६ जेठ ।
उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर–७, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गरेका थिए ।

सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष खिम बहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।’ उनले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.लाई अब्बल सहकारीको रुपमा स्थापित गर्न लागिपरेको बताए । अध्यक्ष खत्रीले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको र केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताए ।

त्यस्तै सहकारीका सचिव अनिल कुमार ज्ञवालीले बढी ब्याज पाउने लोभमा सहकारीको बारेमा नबुझी पैसा जम्मा नगर्न आग्रह गरे । उनले भने, ‘हजुरहरुको पैसा सुरक्षित छ कि छैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’

कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको तालिम कार्यक्रमका संयोजक तथा सहकारीको शिक्षा उपसमिति संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

IMG_2973.JPG

IMG_3013.JPG