
शनिवार , जेठ २६, २०८१
सुर्खेत, २६ जेठ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच शनिबार (आज) विरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबीच थप सम्बन्ध विस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यबहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको विकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । उनले प्रदेशको स्थायीत्व र
समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।
सोही अवसरमा बोल्दै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड ।
शिष्टाचार भेटघाटमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आफूले लेखेको पुस्तक हस्तान्तरण गरेका थिए । त्यस्तै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij