२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

महिला उद्यमशीलता, स्वरोजगार लगायतका विषयमा संयुक्त छलफल

आइतवार , जेठ २७, २०८१

भैरहवा, २७ जेठ ।
सिद्धार्थ सञ्जाल, रुपन्देही, आस्था महिला उद्यमी संघ र सक्षम सहारा बहुउद्देश्यीय महिला समूहबीच आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता स्वरोजगार लगायतका विषयमा संयुक्त छलफल कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने सहभागीहरुले आर्थिक उद्यमशीलताका लागि महिला उद्यमशीलता र स्वरोजगार अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा सञ्जालका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले महिलाले उत्पादन गरेका सामानहरुको बजारीकरण र प्रचारप्रसारमा सञ्जालले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलले महिलाहरुलाई संस्था सञ्चालनका लागि आर्थिक व्यवस्थापनमा कठिनाइ भएको बताइन । उनले महिलाहरु काम गर्न तयार रहदा रहदै पनि कतिपय अवस्थामा सहयोगको कमी महसुस भएको बताइन् ।

WhatsApp Image 2024-06-07 at 7.22.53 PM.jpeg

आस्था महिला उद्यमी संघकी अध्यक्ष मिनिता थापा क्षेत्रीले महिलाहरुले उत्पादन गरेको सामानले बजार नपाउँदा समस्या भएको बताइन् । महिलाहरुले अचारदेखि मसलासम्म बनाउने गरेको भए पनि त्यसले सहज रुपमा बजार नपाउँदा महिलाहरुमा निराशा छाएको गुनासो गरिन् । 

कार्यक्रममा सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले महिलाहरुले उत्पादन गरेका सामानलाई बजारीकरण गर्नका लागि संस्थाले र व्यक्तिगत रुपमा आफूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । सिद्धार्थ सञ्जाल महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा सञ्जालका सदस्य रविन्द्र शर्मा घिमिरेलगायतले भनाइ राखेका थिए ।

WhatsApp Image 2024-06-07 at 7.23.23 PM.jpeg