
आइतवार , जेठ २७, २०८१
तिलोत्तमा, २७ जेठ ।
एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्थाले तिलोत्तमा-९, रुपन्देहीले मंगलापुरमा बृहत स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सचेतना कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. अरूण ज्ञवाली तथा देवदह मेडिकल कलेजका डा. सन्तोष कंडेलले सहजीकरण गरेका थिए ।
सहकारीको शिक्षा उपसमितिका संयोजक बेदप्रसाद कंडेलले संयोजन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तारानाथ कंडेलले शेयर सदस्य तथा कर्मचारीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्नका लागि कार्यक्रम गरिएको बताए ।
संस्थाका उपाध्यक्ष जेपी कंडेलले स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमहरु समयसमयमा गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै यसले मानिसमा चेतना र ज्ञानको विकास हुने बताए ।
कार्यक्रममा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाको गतिविधिका बारेमा प्रकाश पारेका थिए । संस्थाका सचिव निरज कंडेलले स्वास्थ्य सचेतना कार्यक्रम निकै उपलब्धीमूलक भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij