
आइतवार , जेठ २७, २०८१
भैरहवा । रुपन्देही मैदा उद्योग संघमा नयाँ नेतृत्व चयन भएको छ । भैरहवामा सम्पन्न चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले कृष्ण पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
जसको उपाध्यक्षमा गोविन्द प्रसाद गोयनका, सचिवमा अरुणकुमार गोयनका र कोषाध्यक्षमा आनन्द ओझा निर्वाचित हुनु भएको छ ।
आगामि कार्यकालका लागि सदस्यहरुमा संजय अग्रवाल, विनय गोयनका र सुभव अग्रवाल निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश भरी कार्यत्रक्षेत्र रहेको उक्र संघमा १८ वटा फ्लोर मिल आबद्ध रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij