२०८२, कार्तिक ९ गते

Oct 26 2025 | २०८२, कार्तिक ९ गते

गुल्मीको पर्यटन प्रवर्द्धनमा बुटवलका व्यवसायी

आइतवार , जेठ २७, २०८१

  • 838
    Shares
  • 838
    Shares
  • गुल्मी, २७ जेठ । 
    बुटवलका व्यवसायीले गुल्मीको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् । उद्योग व्यापार संघ बुटवलको एक टोलीले गुल्मी उद्योग वाणिज्य संघ र रेसुंगा नगरपालिकासँग भेटघाट गरी गुल्मीको पर्यटन प्रवर्द्धनमा आफूहरुको साथ र सहकार्य रहने बताएका हुन् । 

    रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले संस्थाको वार्षिक कार्यक्रम अनुसार संघ–संस्था भेटघाट र आन्तरिक पर्यटन प्रवद्र्धन अन्तर्गत रेसुंगा तपोभूमि लगायतका स्थानको अवलोकन भ्रमण गरिएको बताए । अध्यक्ष पाण्डेले आफ्नो संस्थाले विशेष गरी साना मझौला उद्योगी–व्यवसायीका हकहितलाई प्राथमिकतामा राखेर आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा राष्ट्रिय पूँजीको विकासमा जोड दिएको बताए ।  

    अध्यक्ष पाण्डेले कोरोना महामारीको असर अर्थतन्त्रमा अहिलेसम्म रहेपनि अब सुधार हुनेमा आशावादी बन्न आग्रह गर्दै रेसुंगा नगरपालिका र गुल्मी उद्योग वाणिज्य संघसँग संस्थागत सहकार्यलाई निरन्तरता दिइने बताए । 

    रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले निजी क्षेत्रको साथ र सहकार्यले मात्रै समग्र देशको विकास हुने बताए । 

    गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बुटवल व्यवसायको हब भएको र गुल्मी धार्मिक पर्यटनको हब भएकाले व्यवसाय र पर्यटनमा सहकार्य जरुरी रहेको बताए ।

    दुवै संस्थासँगको छलफलमा उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महिला उपाध्यक्ष अन्जु पाण्डे, महासचिव यमलाल मरासिनी, सचिव एवं कार्यक्रम संयोजक कोशलराज भण्डारी लगायत सदस्यहरुले समेत आ–आफ्ना धारणा राखेका थिए ।  

    उद्योग व्यापार संघको टोलीले रेसुंगा तपोभूमि ,रेसुंगा पार्क भ्रमण गरी आर्थिक सहयोग समेत गरेको र रेसुंगा होम स्टेमा बास बसेर ग्रामीण पर्यटन प्रवर्द्धन गरेको संघका महासचिव यमलाल मरासिनीले बताए ।