२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शाइन रेसुंगा बैंक र लुम्बिनी केबलकारबीच सम्झौता

आइतवार , जेठ २७, २०८१

बुटवल, २७ जेठ । 
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. र लुम्बिनी केबलकारबीच व्यवसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका देशभरका शाखाका कर्मचारीहरुलाई लुम्बिनी केबलकारको टिकट खरिदमा २० प्रतिशत छुट हुने भएको छ ।  

सम्झौता पत्रमा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट मानव संशाधन विकास तथा ब्राण्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गरेका छन् । 

केबलकारको टिकटमा छुट पाउन बैंकका कर्मचारीले बैंकको कर्मचारी परिचयपत्र अनिवार्यरुपमा साथमा राखेर टिकट काउन्टरमा देखाउनुपर्ने गरी सुम्झौता भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।

लुम्बिनी प्रदेशमा मात्रै ७२ वटा शाखा रहेको बैंकका देशभर ८८ वटा शाखा र  एउटा एक्सटेन्सन काउन्टरमा गरी करिब १ हजार कर्मचारी कार्यरत छन् । बैंकले यो वर्ष र दुई वर्ष अघि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो । 

रुपन्देहीको पर्यटन प्रवद्र्धनमा अहम भूमिका खेल्न सक्ने प्रदेशको पहिलो केबलकार भएकाले लुम्बिनी केबलकारसंग व्यवासायिक सहकार्य गरिएको बैंकले जनाएको छ ।