
बुधवार , फाल्गुण १२, २०७७
काठमाडौं, १२ फागुन।
केही दिनयता शेयर कारोवारमा प्राबिधिक समस्याका कारण अप्रत्यासित उतार चढावयुक्त सुचक देखिएपछि लगानीकर्ता अलमलमा परेका छन्।
नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम ( टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ।
नेप्से परिसूचक अप्रत्याशित रुपमा घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो।
अनलाइन कारोवारमा लामो समयसम्म यस्तो समस्या देखियो भने लगानीकर्तालाई घाटा हुने लगानीकर्ताहरु बताउँछन। नेपाल स्टक एक्स्चेन्जले भने यसबारे समस्या पहिचान भइरहेको र छिटै समस्याको समाधान निस्कने भएकोले अलमलमा नपर्न लगानीकर्ताहरुलाई सुझाएको छ।।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij