२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

महिलाहरुलाई एडभान्स सिलाई कटाई तालिम

बुधवार , जेठ ३०, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ३० जेठ । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजनामा २८ दिने एडभान्स सिलाईकटाई तालिम बुधबार समापन भएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र यसको औचित्य सफल हुने बताए । उनले महिलाहरुलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिमको उद्देश्य अनुरुप सिकेका सीपलाई व्यवहारमा उतार्दै महिलाहरु आयआर्जनमा उन्मुख हुन उनले आग्रह गरे । 

    वडा नम्बर ९ को कार्यालयको आयोजनामा जेठ १ गतेदेखि सुरु भएको तालिममा २० जना महिलाहरु सहभागी रहेको वडा सचिव अब्दुल रसिद पठानले जानकारी दिए । तालिममा प्रभा पौडेलले प्रशिक्षण दिएकी थिइन् ।

    वडा नम्बर ९ की वडा सदस्य सविता हरिजनको अध्यक्षता, वडाअध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा वडा सदस्य युवराज बराल, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे, कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्रो कहार लगायतले बोल्दै सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य बसुन्धरा शर्माले गरेकी थिइन् ।