२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–२ मा ‘सुत्केरी पोषण वितरण कार्यक्रम’

शुक्रवार , आषाढ १, २०८१

भैरहवा, ३२ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका २ नम्बर वडा कार्यालयले ‘सुत्केरी पोषण वितरण कार्यक्रम’ गरेको छ । कार्यक्रममा वडा अन्तर्गत रहेका सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण गरिएको हो ।

शुक्रबार श्री मेउडिहवा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, वडा सदस्यहरु दिपेश प्रताप शाही, कञ्चन थापा, बिन्दु हरिजन, वडा सचिव हिरा बराल, प्रहरी चौकी मेउडिहवाका प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार खत्रीलगायतले सुत्केरी आमाहरुलाई पोषण सामग्री हस्तान्तरण गरेका हुन् ।

विगतका वर्षहरुदेखि यो कार्यक्रम सञ्चालन हुँदै आएकोमा यस वर्ष पनि निरन्तरता दिइएको वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले बताए । उनका अनुसार सुत्केरी आमाहरुलाई कोसेलीको रुपमा काजु, बदाम, किसमिस, बोडी, राजमा, भटमास, अण्डा, मसला, बच्चाको कपडा, थरमसलगायत सामग्री प्रदान गरिएको हो । उनले भने, ‘पक्कै पनि हामीले प्रदान गरेको कोसेली यहाँहरुले स्वीकार गर्नुहुनेछ । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने वडा कार्यालयकोतर्फबाट प्रतिवद्धता व्यक्त गर्दछौं ।’ 

वडा सदस्य दिपेश प्रताप शाहीको स्वागत तथा अमरीश यादवको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार तथा समाजसेवी रामेश्वर भट्ट, वडा कार्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा ३१ जना सुत्केरी आमाहरुलाई पोषण सामग्री वितरण गरिएको वडा सचिव हिरा बरालले जानकारी जानकारी दिइन् ।

IMG_3893.JPG
IMG_4021.JPG