
शुक्रवार , आषाढ १, २०८१
रुपन्देही, ३२ जेठ ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य लिला गिरीले एमालेका नेता–कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको सपथग्रहण कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका गिरीले पार्टीका हरेक नेता-कार्यकर्ता उत्पादनसँग जोडिदै राजनीतिमा क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले रुपन्देही जिल्लालाई एमालेको लाल किल्ला बनाउने गरी अगाडि बढ्न नवनिर्वाचित कमिटीलाई भने, ‘रुपन्देहीको पार्टी नेपालमै क्या बात भन्ने बनाउनुपर्नेछ ।’
उनले नेता-कार्यकर्ताले आवश्यक निर्णय गर्दा तल्लो कमिटी सधै माथिको नेताको आदेश कुरेर बस्न नपर्ने, जनपक्षीय निर्णय गर्दा सधै अग्रसर भइ गर्न आग्रह गरे ।
नेता गिरीले नेता र जनप्रतिनिधिबीच तालमेल नहुँदा धेरै कामको उठान नभएकोले पार्टी कमिटी र पार्टीका तर्फबाट तीनै तहका सरकारमा सहभागी जनप्रतिनिधिबीच तालमेल जरुरी रहेको पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij