२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन

शनिवार , आषाढ २, २०८१

तिलोत्तमा, १ असार ।

तिलोत्तमा व्यापार संघले ९ वटा वस्तुगत समिति गठन गरेको छ । संघको कार्यसमितिको बैठकले वस्तुगत समिति गठन गरेको संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।

संघले शिवलाल बस्याल संयोजक र मिनराज भारद्वाज इन्चार्ज रहेको उद्योग वस्तुगत समिति, मुकुन्द पौडेल संयोजक र ढालानन्द चालिसे इन्चार्ज रहेको फेन्सी तथा कपडा वस्तुगत समिति, भोजप्रसाद भण्डारी संयोजक र रामु भण्डारी इन्चार्ज रहेको हार्डवेयर, निर्माण वस्तुगत समिति, लोकप्रसाद पौडेल संयोजक र चुरामणि भुसाल इन्चार्ज रहेको कृषि तथा भेटेरेनरी समिति गठन गरेको छ ।

त्यस्तै भगवती गौतम संयोजक र चन्द्रकान्त भण्डारी इन्चार्ज रहेको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुगत समिति, रामप्रसाद अर्याल संयोजक र कृष्ण प्रसाद भट्टराई इन्चार्ज रहेको खाद्यान्न तथा किराना समिति, कृष्णप्रसाद सुनार संयोजक र चेतनारायण विश्वकर्मा इन्चार्ज रहेको सुनचाँदी वस्तुगत समिति, रोमलाल पाण्डे संयोजक र झलक तिवारी इन्चार्ज रहेको मदिरा, होटल, रेष्टुरेन्ट समिति, उमा न्यौपाने संयोजक र तारा सुनार इन्चार्ज रहेको कस्मेटिक, ब्यूटीपार्लर, सिलाईकटाई समिति गठन गरेको छ ।