२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी सरकारको बजेट : बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने

शनिवार , आषाढ २, २०८१

लुम्बिनी, १ असार । 
लुम्बिनी प्रदेश सरकारले विश्वलाई शान्तिको मुहानका रुपमा स्थापित गर्नका लागि लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को शनिबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेट सार्वजनिक गर्दै शिखर सम्मेलन गर्ने बताएका हुन् । 

मुख्यमन्त्री जोख बहादुर महरालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्ध र लुम्बिनीको सन्देश विश्वव्यापी बनाउन आग्रह गरेअनुसार बजेटले सम्बोधन गरेको हो । 
‘विश्वलाई शान्तिको महसुस गराउन भगवान बुद्धले निर्वाणको समयमा भन्नुभएको ‘जीवनकालमा लुम्बिनीमा कम्तीमा एकपटक पाइला टेक’ भन्ने भनाइसहित लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनको आयोजना गरिनेछ’ बजेट वक्तव्यमा भनिएको छ  । 

त्यस्तै सरकारले बुद्धको जीवनसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला लक्षित बुद्धको जीवनदर्शन र ज्ञानलाई कार्यस्थलमा रुपान्तरण हुने गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ । 

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ । यसअघि संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले लुम्बिनीलाई बर्थिङ हब बनाउने कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका थिए । नेपाललाई पर्यटकीय विवाह गन्तव्य बनाउन लुम्बिनीमा बर्थिङ्ग र जनकपुरलाई वेडिङ हब बनाउने घोषणा गरिएको बताइएको छ ।