२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देशलाई विकासतर्फ अगाडि बढाउनका लागि एमाले सरकारमा गएको हो : ओली

शनिवार , आषाढ २, २०८१

काठमाडौं, १ असार ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटलाई देशको विकासका लागि जनता केन्द्रीत बनाउनुपर्ने बताएका छन् । शनिबार संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले एकदुई जनाको मुख हेर्नका लागि नभइ बजेटलाई देशको विकासका लागि जनता केन्द्रीत बनाउनुपर्ने बताएका हुन् ।

उनले देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि एमाले सरकारमा गएको भन्दै ओलीले त्यही विषयमा कमजोरी भए सन्तोष मान्न नसकिने धारणा राखे ।

त्यस्तै ओलीले एमालेमाथिको हमला तीव्र रहेको भन्दै त्यसको उचित समयमा जवाफ दिनुपर्ने बताए । आफूले ५ अर्ब खायो भन्ने हल्ला सुनेको र यो प्रतिक्रियावादीहरुको राष्ट्रिय शक्तिलाई कमजोर पार्ने खेल मात्रै भएको उनको भनाइ छ । ओलीले एमालेमाथिको विश्वास हटाउने कामलाई चिर्न जरुरी रहेको उल्लेख गरे ।

संसदीय दलको बैठकमा संसदीय दलको कामका बारेमा छलफल भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सुझाव तथा जिज्ञासा राख्ने काम बैठकमा भएको उनले बताए ।

बर्तौलाले अहिलेको बजेट प्रभावकारी ढंगले आउनका लागि छलफल कम भएकै कारण गुनासा आएकाले यसलाई अन्यथा लिन नहुने धारणा राखे ।