२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

सिद्धार्थनगर वडा नम्बर ५ मा वडा भेला सम्पन्न

आइतवार , आषाढ ३, २०८१

  • 922
    Shares
  • 922
    Shares
  • भैरहवा, २ असार । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले वार्षिक नीति तथा बजेट योजना तर्जुमा वडा भेला सम्पन्न गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नगरस्तरीय तथा वडामा आर्थिक विकासतर्फ (उद्योग, वाणिज्य, पर्यटन तथा वित्तीय क्षेत्र), सामाजिक विकासतर्फ, वन तथा वातावरण व्यवस्थापन, सुशासन तथा संस्थागत विकास योजना समेतको क्षेत्रमा योजना तर्जुमा गर्ने उद्देश्यले वडा भेलाको आयोजना गरिएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए । उनले वडा भेलामा बाल मन्दिरमा बाल उद्यान निर्माण, छठ पोखरीलाई अझ व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण, भैरहवा नमुना माविमा भवन निर्माण जस्ता विषयमा छलफल भएको जानकारी दिए । उनले वडामा भौतिक पूर्वाधार विकाससँगै सामाजिक विकासमा पनि उत्तिकै जोड दिएको बताए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले वडा नम्बर ५ मा धेरै राम्रा कामहरु भएको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

    448104457_1827986317669777_2236363778295012369_n.jpg

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा भएको भेलामा सहभागीहरुले अझै पनि वडा नम्बर ५ मा बाँकी रहेको योजनाहरुलाई सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

    वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।