२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै

बुधवार , आषाढ ६, २०८१

काठमाडौं, ५ असार । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म ललितपुरस्थित पुल्चोकमा प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ ।

महासंघले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलोपटक रोजगार मेला आयोजना गर्न लागेको छ ।  महासंघकी अध्यक्ष ओमदेवी मल्लले केही सहकारीको कारण सहकारी भनेको सडकमा जानुपर्ने भन्ने भ्रम सिर्जना भएको बताइन् ।

उनले दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थितिलाई मुलुकभित्रै युवाहरुलाई सहकारीको माध्यमबाट राख्ने उद्देश्यले रोजगार मेला गर्न लागेको बताइन् । अध्यक्ष मल्लले मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरु प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताइन् ।

उनले अहिले ३१ हजार सहकारीमा १ लाख बढीले प्रत्यक्ष रोजगारी दिएको सहकारी क्षेत्रले भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले योदान गर्ने विश्वास लिएको बताइन् ।

उनले मेला विदेश पलायन युवा रोक्न,स्वदेशमै रोजगारी सिर्जना गरी प्रोत्साहन गर्ने वातावरण बनाउनको लागि मेला आयोजना गरिएको बताइन् । उनले उत्पादन तथा सेवाका सहकारीहरु र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्ने सहजता प्रदान गर्ने बताइन् । 

मेलामा स्टार्टअप र साना व्यवसाय मार्फत स्वरोजगार गर्न चाहनेहरुको लागि नेटवर्किङको कार्य समेत हुने बताइन् । महासंघले सहकारी रोजगार मेलाले समयमा नै रोजगारी सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत वितरण अनलाइनमार्फत रोजगारीको लाभ लिन युवाको थप आकर्षण हुने अपेक्षा गरेको छ ।