२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–९ मा सिद्धार्थ टोल सुधार समिति गठन

शनिवार , आषाढ १६, २०८१

भैरहवा, १५ असार । 
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा सिद्धार्थ टोल सुधार समिति गठन भएको छ । योसहित वडा नम्बर ९ मा ७ वटा टोल सुधार समिति गठन भएको छ ।

नवगठित टोल सुधार समितिलाई प्रमाणपत्र हस्तान्तरण गर्दै वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले समितिलाई आफ्नो उद्देश्यअनुसार काम गर्न आग्रह गरे । उनले अहिले सिद्धार्थनगर नगरपालिकाको अन्य वडाहरुमध्ये वडा नम्बर ९ मा मात्र टोल सुधार समितिको संख्या ७ वटा पुगेको बताउदै ९ नम्बरलाई सोहीअनुसार नमूना वडा बनाउन सहयोग गर्न आग्रह गरे । ‘टोल सुधार समितिहरु भनेको वडाको पखेटा हुन् । भण्डारीले भने, ‘वडाको विकासमा सबै हातेमालो गर्दै अगाडी बढौं ।’
अर्जुन भुसालको अध्यक्षतामा सिद्धार्थ टोल सुधार समितिको तदर्थ समिति गठन भएको हो । जसको उपाध्यक्षमा सरस्वती नेपाल, सचिवमा चन्द्रबहादुर भण्डारी, कोषाध्यक्षमा घनश्याम भुसाल र सह–सचिवमा लक्ष्मी ढकाल चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा गंगा पाण्डे, केशव तिवारी, गोपाल गौतम, राम प्रसाद पाण्डे, नर नारायण शर्मा, श्यामराज कुर्मी, बाबुराम खनाल र नारायण खनाल रहेका छन् । त्यसै गरी सल्लाहकारमा खडानन्द अर्याल, विजय नेपाल, माया तुलाधर, जाय नारायण श्रेष्ठ, केश बहादुर विका, रविन्द्र काफ्ले र बालकृष्ण देवकोटा चयन भएका छन् । 

वडाअध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रमाणपत्र वितरण कार्यक्रममा वडा सदस्य बसुन्धरा शर्मा, बसन्त भट्टराई, युवराज बराल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव अब्दुल रसिद पठानले गरेका थिए ।