२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने अर्थमन्त्री पौडेलको विश्वास

सोमवार , आषाढ ३२, २०८१

काठमाडौं, ३१ असार ।
नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

सोमबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक नबन्ने समेत उनले बताए । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानूनी र संवैधानिक व्यवस्थाका आधारमा संशोधन प्रक्रियामा जाने उनको भनाइ छ ।

उनले  शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढंगले अघि बढोस् भन्ने चाहना रहेको बताए । पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे ।