२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीसहित रुपन्देहीका पाँच पालिकामा आज स्थानीय विदा

बुधवार , श्रावण २, २०८१

भैरहवा, २ साउन ।
रोहिणी गाउँपालिकासहित रुपन्देहीका पाँच पालिकाले साउन २ गते बुधबार (आज) स्थानीय विदा दिएका छन् । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको अवसरमा बुधबार स्थानीय विदा दिइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । 

विदाको दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरु, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुमा (आकस्मिक तथा आवश्यक सेवाबाहेक) विदा दिइएको अध्यक्ष यादवले जानकारी दिए ।

त्यस्तै जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले आज स्थानीय विदा दिएका छन् । पालिकाहरुले मंगलबार सूचना जारी गर्दै विदा दिएका हुन् ।

मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झना स्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ ।