२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निजी क्षेत्रको मनोबल खस्किए अर्थतन्त्र धरासायी हुन्छ : अर्थमन्त्री पौडेल

बिहिवार , श्रावण ३, २०८१

काठमाडौं, ३ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दे आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका हुन् । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धरासायी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनले बताए ।

उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङप्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थीर सरकार बनेको उनको भनाइ छ ।

सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टास्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उनले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।

सो क्रममा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए ।