२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुन्छ : अर्थमन्त्री पौडेल

शुक्रवार , श्रावण ४, २०८१

काठमाडौं, ४ साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने  बताएका छन् ।

शुक्रबार सिंहदरबारमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीको छलफलका क्रममा अर्थमन्त्री पौडेलले बिभिन्न सरकारी निकायबाट भुक्तानी गर्नुपर्ने रकम यकिन भइरहेको भन्दै निर्माण व्यवसायीहरुको भुक्तानी छिटै हुने बताएका हुन् ।

काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई निर्देशन दिइसकेको भन्दै उनले निर्माण व्यवसायीहरुको समस्याको समधान गर्न गम्भीर भएको बताए ।

उनले अहिलेको सरकार समस्याको आगो तापेर नबस्ने भन्दै एक–एक समस्याको समाधान गर्ने धारणा राखे । पौडेलले पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न आग्रह गरे ।

सो क्रममा निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेत अरर्वौ रकम भुक्तानी बाँकी रहेको र यसका कारण समस्या भएकाले समाधान गर्न अर्थमन्त्रीसंग आग्रह गरेका थिए ।