२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

आइतवार , श्रावण १३, २०८१

  • 904
    Shares
  • 904
    Shares
  • तिलोत्तमा, १३ साउन । 
    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लबले रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य शाखा प्रमुखसँग अन्तरक्रिया गरेको हो । 
    रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनको सह–आयोजनामा आगामी साता सियारीमा हुने बृहत स्वास्थ्य शिविर सम्बन्धमा अन्तरक्रिया आयोजना गरिएको क्लबका अध्यक्ष देवीराम पाण्डेले बताए । 

    बुटवल जिगतढीमा अवस्थित एडमण्ड सिटी अस्पताको प्राविधिक सहयोग र सियारी गाउँपालिकाको सहकार्यमा हुने शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, हाडजोर्नी, मेरुदण्ड तथा नशारोग विशेषज्ञ, दन्त, नेत्र रोग विशेषज्ञ लगायतका चिकित्सकको उपस्थितिमा शिविरको आयोजना गर्न लागीएको क्लबका हेल्थ कमिटी चेयर राजु गुरुङ्गले जानकारी दिए । उनले विभिन्न १० भन्दा बढी विशेषज्ञ चिकित्सकद्वारा सियारीमा शिविर गर्न लागिएको बताए । 

    स्वास्थ्य शिविरमा जनरल फिजिसियन एवं रोटरी क्लब तिलोत्तमा रुपन्देहीका सदस्य डा. नन्दु पाठक, स्त्री तथा प्रसुति रोग विशेषज्ञ रोटरीयन डा. सतिष रुपाखेती, हार्डजोर्नी, मेरुदण्ड नशा, बाथ रोग, स्पाइनल तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ प्रा. डा. प्रकृतिराज कडेल, पेट, छाती मुटु रोग बिशेषज्ञ एवं जनरल फिजिसियन डा. केशवराज शर्मा, जनरल तथा ल्याप्रोस्कपी सर्जन डा. कमल कार्की, डा. चन्द्रमोहन शाह, डा. रुची गुप्ता लगायतका विशेषज्ञ चिकित्सकको उपस्थिति रहने क्लबले जनाएको छ ।

    अन्तरक्रिया कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारी गाउँपालिकाबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै बृहत्तर स्वास्थ्य शिविरको आयोजना गर्न लागेकोमा क्लबलाई धन्यवाद दिए । उनले पालिकाले आफ्नोतर्पmबाट पूर्ण रुपमा सहयोग गर्ने बताए । अध्यक्ष घिमिरेले स्वास्थ्य परीक्षणका लागी अस्पताल धाउनुपर्नेमा स्वयं वरिष्ठ चिकित्सकसहित घर आँगनमै आउनु सराहनीय रहेको बताए ।

    त्यस्तै सियारी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर जि.सी.ले सियारी गाउँपालिका वडा नम्बर ४ छापिया चोकमा रहेको पब्लिक नमुना माध्यमिक विद्यालयको प्रांगणमा शिविर सञ्चालन हुने गरी पालिकाले समन्वय गर्ने बताए ।

    कार्यक्रममा क्लबका पूर्वअध्यक्ष बालकृष्ण अर्याल, गोपाल ज्ञवाली, उपाध्यक्ष निराजन पोख्रेल, डा. सतिष रुपाखेती, रोट्रयाक्ट क्लबका अध्यक्ष मोहन खत्री, सन्दिप पौडेल, दिनेश गैरेलगायतले भनाइ राखेका थिए ।

    रोटरी अन्तर्राष्ट्रिय वार्षिक क्यालेण्डर अनुसार जुलाई महिना मातृत्व तथा शिशु स्वास्थ्यको महिना रहेकोले क्लबले बृहत स्वास्थ्य शिविरको आयोजना गर्न लागेको क्लबका सचिव अर्जुन प्रसाद आचार्यले बताए ।