२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

परिवर्तित कर नीति र मौद्रिक नीतिबारे अन्तरक्रिया

सोमवार , श्रावण १४, २०८१

  • 799
    Shares
  • 799
    Shares
  • तिलोत्तमा, १४ साउन ।
    नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निजी क्षेत्रलाई सकारात्मक उर्जा दिएको सरोकारवालाले बताएका छन् । तिलोत्तमा व्यापार संघले सोमबार आयोजना गरेको ‘परिवर्तित कर नीति तथा मौद्रिक नीति–२०८१’ सम्बन्धी अन्तरक्रियामा सरोकारवाला व्यवसायी, बैंकर्श एवं कर प्रशासकहरुले मौद्रिक नीतिले निजी क्षेत्रमा आशाको सञ्चार गराएको बताए ।

    मौद्रिक नीतिबारे जानकारी दिदै नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक विज्ञान सुवेदीले गत वर्ष कर्जा प्रवाह न्यून हुँदा मुलुकको समग्र अर्थतन्त्रमा नै शिथिलता आएको भन्दै यो वर्ष मौद्रिक नीतिले साढे १२ प्रतिशत कर्जा प्रवाह वृद्धि गर्ने लक्ष्य राखेकाले आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

    कर्जा प्रवाह वृद्धि हुँदा लगानी र रोजगारी वृद्धि हुने भन्दै उनले मौद्रिक नीतिले धेरै कुरा समेटेको र निर्माण क्षेत्रलाई बढी सम्बोधन गरेको बताए । उनले मुद्रा स्फीति ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेकाले यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने बताए ।

    कार्यक्रममा कर नीतिमा भएका परिवर्तनबारे जानकारी दिदै आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत धनिश्वर अर्यालले बाहिरबाट आयात हुने वस्तुमा अग्रिम कर लगाइएको भन्दै यसले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बताए । उनले आर्थिक विधेयक २०८१ मा व्यवस्था भएको परिवर्तित कर नीतिका सम्बन्धमा विस्तृत रुपमा प्रकाश पारेका थिए । 

    तिलोत्तमा व्यापार संघका संस्थापक अध्यक्ष झविन्द्र प्रसाद कंडेलले व्यवसायीहरुलाई कर सम्बन्धी सम्पूर्ण ज्ञान हुनु जरुरी रहेको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका  ।

    संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले परिवर्तित कर नीति र मौद्रिक नीतिका विशेषताबारे व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । त्यसअवसरमा व्यवसायीहरुले कर तथा मौद्रिक नीतिका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । संघका महासचिव विष्णु कालीराजले कार्यक्रम व्यवसायीहरुका लागि उपलब्धीमूलक रहेको जानकारी दिए ।