
मंगलवार , फाल्गुण १८, २०७७
बुटवल, १८ फागुन ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन्। संघको २०औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी नेतृत्वका लागि सोमबार सम्पन्न निर्वाचनमा गौतमले ३४९ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन आयुक्त यमलाल खनालले बताए।
नवनिर्वाचित अध्यक्ष गौतमका प्रतिद्वन्दी जीवनप्रसाद श्रेष्ठले २९४ मत प्राप्त गरि पराजित भएका छन् । संघको बरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन्। प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितिय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधव कुमार खनाल र कोषाध्यक्षमा टंक पराजुली विजयी भएका छन् ।
निर्वाचन आयुक्त खनालका अनुसार संघको सचिव र सहकोषाध्यक्षमा क्रमशः अर्जुन थापा र खिमराज पोख्रेल निर्विरोध निर्वाचित भैसकेका छन।
साथै संघका सदस्यहरुमा केशवराज कंडेल, अर्जुन पोखरेल, उमेश सापकोटा, कृष्णप्रसाद पाण्डे, खुमराज ज्ञवाली, टंकप्रसाद पोखरेल, डिल्लीराज अर्याल, तुल्सीराम पराजुली, थम्मन भण्डारी, माधव ढकाल, रामबहादुर न्यौपाने विजयी भएको आयुक्त खनालले जानकारी गराएका छन्।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले पर्यटनदेखि हरेक क्षेत्रको विकास र विस्तारमा राज्य र जनता जागरुक हुनुपर्ने बताएका थिए। होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन आग्रह गरेका थिए। अध्यक्ष शाहले पर्यटन व्यवसायमा वार्षिक २ खर्ब ८४ अर्ब भन्दा बढि लगानी भैरहेको र ३ खर्ब ६७ अर्बको वार्षिक कोरावार हुने गरेको समेत जानकारी गराए ।
कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक सदस्य माधव खनाल, हानका केन्द्रिय सदस्य गोपाल राना, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, वरिष्ठ उपाध्यक्ष महेन्दप्रसाद्र श्रेष्ठ, होटल तथा रेष्टुरेष्ट रुपन्देहीका निवर्तमान अध्यक्ष मोदनाथ बेल्वासे, बांके होटल व्यवसायी संघका अध्यक्ष भीमलाल कडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, नेपाली कांगे्रसका बुटवल नगर अध्यक्ष खेलराज पाण्डे, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठक, मणिमुकुन्द उद्यान पार्कका अध्यक्ष खेम लुईंटेल लगायतले पर्यटन उद्योग तथा ब्यबसाय क्षेत्रका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए।
साधाारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन पत्रकारिता पुरस्कारबाट टिकाराम घिमिरेलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट व्यवसायी लाईमनलेमन क्याफेलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष समुन्द्र जीसीको सभापतित्व, वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको स्वागत र महासचिव माधवकुमार खनालको संचालनमा भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij