२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

बुटवलमा बन्यो उजिरसिंह फल्चा

सोमवार , श्रावण २८, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, २८ साउन । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फल्चा निर्माण गरेको छ । बुटवल–५ स्थित हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

    फल्चाको उद्घाटन गर्दै प्रमुख पाण्डेयले बुटवलको पूरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उदेश्यले फल्चा निर्माण गरिएको बताए । ‘नेवार संस्कृतिको संरक्षणका लागि फल्चा निर्माण गरिएको हो, उनले भने–अरु जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारीहरु, विश्रामस्थलहरु निर्माण गरिनेछ ।’ 

    उनले बुटवलमा सार्वजनिक स्थलहरुमा विश्राम स्थलहरु, शौचालय, पिउने पानीको व्यवस्था गर्ने गरी योजना अगाडि बढाएको बताए । बुटवलका मुख्य स्थलहरुमध्ये बसपार्कलाई सुधार गर्ने, मुख्य चोक चौराहाहरुमा उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने, मुख्य सडकहरुको दायाँबायाँ हरियाली बनाउने जस्ता कामहरु निरन्तर भइरहेको उनले बताए ।

    WhatsApp Image 2024-08-12 at 8.23.24 PM.jpeg

    उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्नयोग्य शहरका रुपमा स्थापित गर्ने उदेश्यका साथ सार्वजनिक स्थलहरुको संरक्षण र प्रवर्द्धन गर्ने बताइन् , उनले बुटवललाई सबै जातजातिको अपनत्व हुने गरी संरचनाहरु निर्माण भएको बताइन् ।

    नगर प्रवक्ता शिव राना र वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए ।