२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न कर्मचारीहरुलाई अर्थमन्त्री पौडेलको निर्देशन

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं, ३० साउन ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवा प्रवेश तालिमको समापन समारोहलाई पौडेलले सवै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनुपर्ने धारणा राखे । पौडेलले आफुलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिए ।

निजामति कर्मचारीहरुले काम गर्दा कानूनसँग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताए । पौडेलले सरुवा बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरुको भनसुनबाट मुक्त हुन पनि निर्देशन दिए ।