२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीका बिहार सञ्चालनको कार्यविधि बनाउन ९ सदस्यीय समिति गठन

बुधवार , श्रावण ३०, २०८१

भैरहवा, ३० साउन ।
लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ, नेपालबीच बुधबार छलफल भएको छ । कोषको बोर्डको बैठकको निर्णयअनुसार लुम्बिनीका बिहार सञ्चालन कार्यविधि बनाउन संघसमेतको प्रतिनिधित्व रहने गरी ९ सदस्यीय समिति गठन हुने बैठकमा जानकारी गराइएको थियो ।

समितिले तयार गरेको कार्यविधिअनुसार बिहारहरु सञ्चालन हुने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । उनले भने, ‘लामो आन्दोलनको प्रतिफल प्राप्त हुने अवस्थामा पुगिएको छ । साथै आगामी हप्तादेखि लुम्बिनी विकास कोषभित्र बस प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने सहमति भएको छ । हाम्रो संघर्ष अझै जारी छ ।’ 

लुम्बिनी विकास कोष क्षेत्रभित्र रहेका गुम्बा र बिहारमा होटल व्यवसाय सञ्चालन गरिएको भन्दै लुम्बिनीका होटल व्यवसायीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । उनीहरुले बिहार र गुम्बाले होटलहरुसँग प्रतिष्पर्धा गर्दै पर्यटक राख्दा होटल व्यवसाय संकटमा परेको गुनासो गर्दै आएका छन् ।