
शुक्रवार , श्रावण ३२, २०८१
भैरहवा, ३२ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित बुद्धकलोनीबाट अवैध चिनी र मटर बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा भन्सार कार्यालय बेलहिया र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भैरहवाको संयुक्त टोलीले शुक्रबार ७५ बोरा (३७५० केजी) चिनी र ९२ बोरा (२७६० केजी) मटर बरामद गरेको हो ।
अवैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरी लुकाईछिपाई राखेको अवस्थामा सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । डीएसपी भट्टका अनुसार बरामद गरिएको अन्दाजी मूल्य रु. ५ लाख ७६ हजारको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij