२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा टंक पोखरेल

आइतवार , भाद्र ९, २०८१

रुपन्देही, ९ भदौ । 
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् । रुपन्देहीको बुटवलमा सम्पन्न कमर्सको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । जसअनुसार वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, उपाध्यक्ष (जिल्ला÷नगर) मा जेपी कंडेल, उपाध्यक्ष (वस्तुगत) मा चन्द्रप्रकाश श्रेष्ठ र उपाध्यक्ष (एसोसियट) मा लोकहरि श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा शिव ज्ञवाली, कोषाध्यक्षमा खिमबहादुर खत्री र सचिवमा अजय न्यौपाने निर्वाचित भएकाछन् । त्यसै गरी सदस्यहरुमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली मञ्जु, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरुङ र शंकर गौतम निर्वाचित भएका छन् ।
आगामी तीवर्षे कार्यकालका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत विनोद गौतमले प्रमाणपत्र वितरण गरेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्न सक्ने बताए । त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश कुमार श्रेष्ठले व्यवसायीहरुले अब व्यापारको ट्रेन्ड बदल्नुपर्ने बेला आएको बताए ।