
सोमवार , भाद्र १०, २०८१
बुटवल, १० भदौ ।
रुपन्देहीमा सातौं संस्करणको दुईदिने युवा उद्यमी सम्मेलन हुने भएको छ । युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको मञ्चले रूपन्देहीमा दुईदिने राष्ट्रिय नेतृत्व सम्मेलन गर्दैछ ।
नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा टाइगर रिर्सोटमा हुने कार्यक्रमको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नेछन् । देशभरका युवा उद्यमीहरूलाई जमघट गराएर एकआपसमा उद्यमशीलता विकास र नेतृत्वका विषयमा छलफल हुने मञ्चको रूपन्देहीका अध्यक्ष रिसव वझा जानकारी दिए ।
भदौ १४ र १५ गते दुईदिन हुने कार्यक्रमको तयारी पूरा भएको सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा मञ्चका द्वितीत उपाध्यक्ष अनिश कसौधनले बताए । ‘डिजिटल युगमा नौलो र फरक सुविधासहित हाम्रो भविष्यबारे र हामीले कसरी आफ्नो घरपरिवार, साथीभाई र वरिपरी तथा समाजमा कसरी उद्यमशीलता विकास कसरी गर्ने, उद्यमशीलतामार्फत समावेशीता बढाउन र हरेक सदस्यहरुसँग भएका फरक क्षमतालाई, विविध प्रतिभालाई, सानोसानो काम र स–सानो लघु उद्यममार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्ने उद्देश्यकासाथ युवा उद्यमी मन्चको साझा धारण बनाउने यो सम्मेलनको मुख्य एजेण्डा हो, ’कसौधनले भने ।
उनका अनुसार कार्यक्रममा देशभरका युवा उद्यमीहरू भेला हुनेछन् । भेलामा प्यारालाल ट्क, ललिङ्ग चेयर,कनेक्ट, पेसिडेन्ट मिट गरी ७ चेयर छलफल हुनेछ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका पूर्व उपाध्यक्ष सुरज वैद्य, रवि रायमाझी प्रमुख वक्ताहरू भएको उनले बताए ।
नेपाली युवा उद्यमी मञ्चले आफनो वार्षिक कार्ययोजना अनुसार दुईदिने राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न गर्न लागेको राष्ट्रिय गभर्निङ काउन्सिलका अध्यक्ष कुसल सुन्दर श्रेष्ठले बताए ।
नेपालभरमा रहेका १४ च्याप्टरबाट १८२ जना युवा उद्यमीहरू गोष्ठी र तालिममा सहभागी हुनेछन । काठमाडौं, वीरगंज, जनकपुर ,ललितपुर, पोखरा, विराटनगर, चितवन, सुनसरी, कैलाली, काभ्रे, झापा, सुनसरी, नेपालगंज, कैलाली र रूपन्देही गरी १४ च्याप्टरमा ८ सय ५० बढी युवा उद्यमीहरू रहेको युवा उद्यमी मञ्वका मिडिया चेयर मन्जिल विश्वकर्माले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij