२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पञ्चकन्या उत्कृष्ट उद्योगको रुपमा सम्मानित

शुक्रवार , भाद्र १४, २०८१

भैरहवा । पञ्चकन्या समुह उत्कृष्ट उद्योगको रुपमा सम्मान गरिएको छ । नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल तथा नाडा अटोमोवाईल्स अफ नेपालले उत्कृट उद्योगको रुपमा सम्मान गरिएको हो ।  

उक्त सम्मान पञ्चकन्या समुहका डाईरेक्टर उज्जवल श्रेष्ठले ग्रहण गरेका छन् । रुपन्देहीको कोटिहवामा रहेको उद्योगले औद्योगिक प्रशिक्षण परिक्षार्थी अप्रेन्टीसिप कार्यक्रममा ५ जना औद्योगिक प्रशिक्षार्थीलाई राम्रोसंग सिक्ने अवसर, प्रभावकारी सहजिकरण तथा त्रिपक्षिय सम्झौता बमोजिम कार्य सम्पन्न गरेको भन्दै कदरपत्तले सम्मान गरेको थियो । 

उद्योगले महिला, दलित, जनजाती र विपन्न गरी ५ जनालाई छनौट गरी औद्योगिक प्रशिक्षण दिएको थियो । ५ जना मध्य २ विपन्नलाई आवासिय सुबिधा समेत प्रदान गरेको थियो । 

साढे १९ महिना प्रशिक्षण लिएका उनीहरुलाई ६ महिना पश्चात नेपाल सरकारले तोकेको तलव मापदण्डको ५० प्रतिशत, १ बर्ष पश्चात ७५ प्रतिशत र लगनशिल र कर्मठ कर्मचारीलाई सिकाई प्रश्चात रोजगारी दिने प्रतिबद्धता समेत दिएका कारण उत्कृष्ट उद्योगको रुपमा छनौट भएको थियो । 

पञ्चकन्यालाई रुपन्देही उद्योग संघको सिफारिषमा उत्कृष्ट उद्योगको रुपमा छनौट गरी सम्मान गरिएको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र शाहुले जानकारी दिए ।