२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गृह लक्ष्मी समूह बेलहियाद्वारा तीज मिलन तथा आर्थिक सहयोग

शनिवार , भाद्र १५, २०८१

भैरहवा, १५ भदौ ।
गृह लक्ष्मी समूह सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, रुपन्दहीले तीज मिलन तथा आर्थिक सहयोग कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गरिएको समूहकी अध्यक्ष मन्जु शर्मा रेग्मीले बताइन् । समूहले विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताइन् ।

कार्यक्रममा क्यान्सर पीडित शोभा जोशीलाई नगद रु. ११ हजार हस्तान्तरण गरिएको कार्यक्रम संयोजक सारिका शर्माले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले गृह लक्ष्मी समूह रचनात्मक कार्यहरु गर्दै आएको बताए ।

राधा शर्माको सञ्चालनमा भएको कार्यक्रममा दिपेन्द्र मान श्रेष्ठ, देवराज न्यौपाने, सुमन शर्मा, राजु शाही, माधव शर्मा, राकेश गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

WhatsApp Image 2024-08-30 at 10.07.48 AM.jpeg