
बिहिवार , भाद्र २०, २०८१
भैरहवा, २० भदौ ।
होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सल्लाहकारमा अनिल कुमार ज्ञवाली मनोनित भएका छन् । दाङको लमहीमा सम्पन्न महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठकले ज्ञवालीलाई सल्लाहकार पदमा मनोनित गरेको अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
रुपन्देहीको भैरहवा निवासी ज्ञवाली होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका संस्थापक अध्यक्ष हुन् । उनी चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का निवर्तमान अध्यक्ष र सिद्धार्थ सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij