२०८३, आश्विन २१ गते

Oct 07 2026 | २०८३, आश्विन २१ गते

प्रहरी हवल्दार क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , भाद्र २७, २०८१

  • 847
    Shares
  • 847
    Shares
  • भैरहवा, २७ भदौ ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, रुपन्देही अन्तर्गत कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्का क्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 
    आयोगका अनुसार भारतबाट रुपन्देहीको भगवानपुर नाका हुँदै भन्सार छली तथा अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु. १५ हजार घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका थिए । 

    घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

    अनुसन्धानको सिलसिलामा प्रहरी हवल्दार क्षेत्रीले घुस माग गरी लिएको पुष्टी भएकोले बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।