२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

आन्दोलनका लागि तयार रहन दलित समुदायलाई अपिल : प्रचण्ड

शुक्रवार , फाल्गुण २८, २०७७

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल।

    पुर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) ले  आन्दोलनको आंदीबेरी ल्याउने बताएका छन् ।   संविधान रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस चलिरहेके बताउंदै उनले आन्दोलन गर्नुपरे सहयोग गर्न दलित समुदायलाई अपिल गरे । 159620099_463313364813179_5272906533286015423_n.jpg

    राष्ट्रिय दलित पत्रकार महासंघको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रि प्रचण्डले जनयुद्धमा दलित समुदायले ठुलो त्याग र बलिदानी गरेको उल्लेख गर्दै आफु दलित समुदायको क्रृणी भएको बताए । दलित समुदायको साथ र सहयोग नभएको भए आन्दोलन सफल हुने थिएन, उनले भनेर्, त्यसैले अब पुन : प्रतिगमन तिर लैजान खोज्ने विरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।  उनले स्व गिरिजाप्रसाद कोइराला र आफुले संयुक्त रुपमा जारी गरेको १२ बुंदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपुर्ण क्रान्तिबाट पाखा लगाउने बताए । दलित माथि हुने दमन र अत्याचार विरुद्ध जाईलाग्न आग्रह गर्दै उनले त्यस्ता पाइला चाल्न खोज्नेलाई परास्त गर्नुपर्ने बताए । 

    पुर्वप्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालत प्रति इंगित गर्दै जन्मी सकेको बच्चालाई पुन गर्भमा पुर्याएर के गर्न खोजेको हो भन्दै आक्रोश पोखे। 

    159709293_270721557944168_4850039302085728114_n.jpgदलित अगुवाले साथ दिएर अघि बढेको राष्ट्रियता, स्वाधीनता र संविधानको संरक्षणका लागि दलित पत्रकारले कलम चलाउनुपर्ने प्रचण्डले बताए । दलित समुदायका पत्रकारहरुले अब विभिन्न संघसंस्था हुदै मेन स्र्टिमका मिडियामा नेतृत्वदायी भुमिकामा आउनुपर्ने उल्लेख गरे। एनले पत्रकारहरुको सहयोगका लागि भन्दै आफुले सहयोग गर्ने बताए।