
बिहिवार , मंसिर २७, २०८१
भैरहवा, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिले संगठन विस्तारलाई तीव्रता दिएको छ ।
सोही क्रममा बिहीबार स्नातक तह अन्तर्गत विज्ञान संकाय प्रथम वर्षमा संगठन विस्तार गरिएको अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए । बी.एस.सी. प्रथम वर्षमा मनिषा गुप्ताको अध्यक्षतामा २२ सदस्यीय कक्षा कमिटी गठन गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij