
शनिवार , मंसिर २९, २०८१
भैरहवा, २९ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा कालोपत्रे सडक निर्माण कार्यका लागि घर टहरा हटाउन शुक्रबार सूचना जारी गरेको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत कोटहवा गाउँको मुल सडक ३५ फिट कालोपत्रे निर्माण कार्यका लागि अवरोध गर्ने घर, टहरा हटाउन गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सूचना जारी गरेका छन् ।
‘गाउँपालिकामा मिति २०८१/०८/ २८ गते बसेको पालिकाबासीहरुको आम भेलामा सर्वसहमतिबाट निर्माण भएअनुसार ७ दिनभित्र खाली गरी÷गराई बाटो निर्माण कार्यमा सहयोग गर्न÷गराउन यसै सूचना साथ जानकारी गराईन्छ, ’अध्यक्ष यादवले भनेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij