२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलको नगरसभा सुरु, ३ विधेयक र ३ संसोधन प्रस्ताव टेबुल

बिहिवार , पौष १८, २०८१

बुटवल, १८ पुस । बुटवल उपमहानगरपालिका, रुपन्देहीको सोह्रौं नगरसभा सुरु भएको छ । बुधबार सुरु भएको सभामा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताए । उनले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि सबै जनप्रतिनिधिहरु एकसाथ अगाडि बढिरहेको बताए । उनले नगरको विकासमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउँदै सबैको साथ जरुरी रहेको बताए ।

गर सभाको बुधबारको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संसोधनको प्रस्ताव टेबुल गरेकी छन् भने सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन ऐन संसोधन प्रस्ताव टेबुल गरेका छन् ।

त्यस्तै विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, मेयर युवा रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन विधेयक र करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धि विधेयक टेबुल गरेका छन् ।

बुधबार सुरु भएको नगरसभा बैठक यही पुस २९ गतेसम्मका लागि स्थगित भएको छ ।