
मंगलवार , फाल्गुण २७, २०८१
बुटवल, २७ फागुन । मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र पारिएको छ । यही फागुन २८ गते रुपन्देहीको बुटवलमा हुने मोर्चाको राष्ट्रिय सम्मेलनको तयारीबारे मोर्चाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
मोर्चाका केन्द्रीय अध्यक्ष गणेश सलामी मगरले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार सम्मेलनको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने कार्यक्रम रछ । बुटवलस्थित ट्राफिकचोकमा हुने सम्मेलनमा देशैभरीबाट करिब १ हजार प्रतिनिधिहरुसहित करिब १५ हजारको सहभागीता गराउने तयारी गरिएको छ ।
सम्मेलनलाई अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वसभामूख ओनसरी घर्तीमगर, सुरेश आलेमगर लगायतले सम्बोधन गर्ने मोर्चाका प्रवक्ता जीवन प्रवेश रोकामगरले बताए ।
सम्मेलनलाई सफल पार्न नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कमिटीलाई निर्देशन जारी गरिएको पार्टीको बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भूषालले जानकारी दिए । उनका अनुसार सो कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्नका लागि नगरभित्रका पार्टी र कार्यकर्ताहरुलाई तयारीका लागि व्यापक रुपमा परिचालन गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij