२०८३, कार्तिक २१ गते

Nov 07 2026 | २०८३, कार्तिक २१ गते

गौतमबुद्ध मानव सेवा केन्द्रद्वारा बालगृहलाई खाद्यान्न सहयोग

शनिवार , कार्तिक २१, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • भैरहवा, २१ कार्तिक । ‘मानव सेवा नै माधव सेवा हो’ भन्ने मूल नाराका साथ गौतमबुद्ध मानव सेवा केन्द्र, रुपन्देहीले बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । केन्द्रले शनिबार रुपन्देहीको मायादेवी गाउँपालिका–८, लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरेको हो । 

    कार्यक्रममा संस्थाका अध्यक्ष बिक्रम तिवारी, उपाध्यक्ष ओम पौडेललगायत आजीवन सदस्यहरूले बालगृहको सञ्चालक कृष्णमाया गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

    WhatsApp Image 2026-11-07 at 12.44.03 PM.jpeg

    मानव सेवामा समर्पित संस्थाका रूपमा गौतमबुद्ध मानव सेवा केन्द्रको सुरुवात २०८१ सालमा संस्थापक सदस्यहरूको पहलमा भएको र २०८३ सालमा विधिवत् दर्ता भइ विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको उपाध्यक्ष ओम पौडेलले बताउनुभयो । उहाँले मानव जाति विभिन्न जाति, धर्म र समुदायमा विभाजित भए पनि मानव सेवामा कुनै भेदभाव नहुने उल्लेख गर्नुभयो । मानव सेवामा सेवाभाव, भाइचारा र आपसी सद्भाव नै महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

    उपाध्यक्ष पौडेलका अनुसार संस्थाले यसअघि अनाथ बालबालिकालाई विद्यालय पोशाक वितरण, सडक बालबालिका तथा ज्येष्ठ नागरिकलाई भोजन वितरण, चितवनको चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा वितरणलगायतका सामाजिक कार्य गरिसकेको छ । त्यस्तै हालै नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका नागरिकलाई पनि अत्यावश्यक खाद्यान्न सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । संस्थाले हाल कञ्चन गाउँपालिकामा गोमा विकको आवास निर्माण कार्यसमेत अघि बढाइरहेको छ । उक्त अभियानमा सहयोगी हातहरूलाई साथ दिन पौडेलले आग्रह गर्नुभयो ।

    संस्थाका आजीवन सदस्य तथा कार्यक्रम संयोजक ओमराज पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो