
बुधवार , फाल्गुण २८, २०८१
भैरहवा, २८ फागुन । रुपन्देहीको भैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक ११ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७१ फागुन ११ गतेदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन शुभारम्भ भएको गौतमबुद्ध सन्देश ११ औं वर्षमा प्रवेश गरेको हो । गौतमबुद्ध मिडिया प्रा.लि.बाट प्रकाशित यो पत्रिकाले २०७३ फागुन २८ गतेदेखि दैनिक रुपमा प्रकाशन शुभारम्भ गरेको थियो ।
विभिन्न आरोहअवरोह पार गर्दै यस दैनिकले एक दशक सफलतापूर्वक पार गरी बुधबार (आज)देखि ११ औं वर्षमा प्रवेश गरेको गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले बताए । अध्यक्ष खत्रीले मिडिया प्रा.लि.का सञ्चालक, शेयर सदस्य, पत्रकार, कर्मचारी, शुभचिन्तक, पाठक तथा विज्ञापनदातामा धन्यवाद व्यक्त गरेका छन् । ‘सबैको साथ र सहयोगले गौतमबुद्ध मिडिया यहाँसम्म आइपुगेको छ’उनले भने–‘आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं ।’
गौतमबुद्ध सन्देश दैनिक पत्रिका रुपन्देही जिल्ला सदरमुकाम भैरहवाबाट निरन्तर प्रकाशित भइरहेको एकमात्र दैनिक पत्रिका हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij