२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

पौडेल बंश महासंघ सिद्धार्थनगरको भेला सम्पन्न

बुधवार , फाल्गुण २८, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २८ फागुन । पौडेल बंश महासंघ सिद्धार्थनगरको भेला तथा परिचयात्मक कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ । नगर क्षेत्रमा रहेका पौडेल बंशकाबीच भेटघाट तथा चिनजान गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको महासंघले जनाएको छ ।

    कार्यक्रममा पौडेल वंश महासंघ रुपन्देहीका अध्यक्ष झविन्द्र पौडेलले पौडेल बन्धुहरुबीचको आपसी सद्भाव एवं एकताको सन्देश महासंघले प्रवाह गरेको बताए । आफ्नो ऐतिहासिक पक्ष र कुलको कुरा बुझ्न जरुरी रहेको उनले बताए ।

    कार्यक्रममा बोल्दै अग्रज उदयराम पौडेलले कोषको स्थापना गरी अघि बढ्नुपर्ने बताए । पौडेल बन्धुहरुलाई समस्या पर्दा सहयोग गर्न सक्ने गरी कोष बनाएर काम गरे संस्थाको प्रभावकारिता देखिने उनले जानकारी दिए। पौडेल बंश महासंघ सिद्धार्थनगरका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता तथा सचिव पवन पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    135877d7-1fbc-4782-8c7f-cc257b172f2f.jpg