images

शुक्रवार, बैशाख ७ गते २०८१

परौठा ब्राण्ड : जहाँ सिस्नोदेखि मेथीसम्मका ३० परिकार पाइन्छ

परौठा ब्राण्ड : जहाँ सिस्नोदेखि मेथीसम्मका ३० परिकार पाइन्छ

images
images
images
बुधवार, बैशाख १ २०७८
बुधवार, बैशाख १ २०७८
  • परौठा ब्राण्ड : जहाँ सिस्नोदेखि मेथीसम्मका ३० परिकार पाइन्छ

    भैरहवा, १ वैशाख । अर्जुन न्यौपानले १६ वर्ष नेपाल बाहिर बिताए । १६ वर्षको अवधिमा उनले भारत तथा खाडी मुलुकमा रोजगारीका क्रममा होटलमा काम गर्ने अवसर मिल्यो । करिब ४ वर्ष भारत तथा १२ वर्ष तेस्रो मुलुकमा बिताएपछि उनी स्वदेश फर्किए । ‘खोला पनि १२ वर्षमा फर्किन्छ’ भने जस्तै उनी १२ वर्षपछि स्वदेश फर्किए । भारत तथा तेस्रो मुलुकमा बस्दा होटलमा काम गरेका उनलाई नेपाल आएपछि काम नगरी बस्न मनले मानेन् । त्यसै अनुसार योजना बनाए, अनि सुरु गरे, बुटवलमा परौठा हाउस । 

    images
    images
    images

    बुटवलको फाइनान्स चोकमा सुरु गरेको परौठा हाउसमा उत्पादन गरिएको परौठा स्थापना कालको सुरुवाती चरणमा घरघरमै पुर्याउने व्यवस्था गरियो । होम डेलिभरी र विभिन्न चोकमा पुग्ने उनको परौठा खानेहरुको निकै घुइँचो लाग्थ्यो । परौठा हाउसमा परौठा मात्रै बनेनन्, घरमै पुर्याउने व्यवस्था भएपछि शहरमा व्यस्त मानिसहरु कार्यालयमै परौठा मगाएर खान थाले । बुटवलको योगिकुटीदेखि गोलपार्कसम्मको साझा नास्ता बन्यो परौठा । ८ वर्षअघि खोलिएको परौठा हाउसले कल्पना नै नगरेको बजार पायो । अब सञ्चालकलाई माग धान्न कठिन भयो । दैनिक सयौ परौठा र त्यसको सितन बनाउनुपर्ने थियो ।

    ‘हामीले परौठा बनाएर विभिन्न चोकमा लैजान थालेपछि सुख्खानगरका महिलाहरु चार बजेपछि घर अगाडी उभिएर बस्नुहुन्थ्यो, हाम्रो परौठा बोक्ने साधन कुरेर, सञ्चालक न्यौपानेले सुनाए,–‘घरमा नास्ता पाक्नै छाडिसकेको थियो ।’ पिठो, आलुबाट बनेको परौठा नौलो परिकार भने थिएन । घरमै बनाउन सकिने नास्ता बनाएपछि परौठा हाउस लोकप्रिय भयो । परौठा घर–घरमा मात्रै पुगेन सभा समारोहको खाजा समेत त्यही बन्यो । प्याकेजिङ परौठाले बजार पिटिरहेका बेला लगानीकर्ता टुक्रिए । अनि अहिले अर्जुन एक्लै परौठा हाउस सञ्चालक छन् ।

    करिव १० लाख लगानीमा खोलिएको परौठा हाउसले अहिले आधा दर्जनमा रोजगारी दिएको दिएको छ । कोभिड १९ अगाडिसम्म १ दर्जन बढीलाई रोजगारी दिएका थियौं, कोभिडपछि होटल तथा रेष्टुरेण्टको व्यवसायमा गिरावट आएपछि हाम्रो व्यवसायमा पनि धक्का लाग्यो । उनले भने, कोभिडका कारण अहिले अलि समस्या आएको छ । 

    ३० थरीका परौठा 

    बुटवलमा आएर परौठा व्यवसाय सुरु गरेका उनले विदेशमा कमाउने भन्दा दोब्बर आम्दानी गर्न थाले । ‘विदेशमा कमाउने भन्दा धेरै सन्तुष्टि छ, उनले भने । त्यही व्यापारबाट हौसिएका न्यौपानेले परौठा हाउसमा अहिले ३० आइटमका परौठा पाइन्छ ।
    परौठाका एक सय परिकार बनाउने सोच छ, अहिले ३० आइटम पुगेका छन्, उनले भने । औसत मानिसले खाने परौठा आलु र पनिर मात्रै हो । उनकोमा सिस्नोको परौठा दोस्रो बढी माग हुनेमध्येमा पर्छ । स्वास्थ्यका लागि फाइदा हुने भएकाले स्वास्थ्यमा सचेत हुनेहरु सिस्नो परौठा खान्छन् । बुटवलको अदालत, प्रादेशिक अस्पताल, आर्युवेद अस्पतालमा सिस्नो परौठाका नियमित ग्राहक छन् । सय रुपैयामा सिस्नो परौठा आउँछ । सबै परौठाको मुल्य न्युनतम ४० देखि अधिकतम १ सय रुपैयाँसम्म छ । सिस्नोसंगै पुदिना, मेथी, सोप परौठा पनि न्यौपानेले बनाउँछन् ।

    परौठाका ग्राहकलाई उमेर अनुसारको परिकार खुवाउछन उनी । बच्चाका लागि बेबी परौठा छ । वृद्धवृद्धाका लागि चिल्लो पीरो नहुने परौठा तयार हुन्छ । ‘हामीलाई भनिरहनु पर्दैन उमेर अन्दाज गरेर परिकार टुक्र्याउँछौ, उनी भन्छन् । भेज र नभेज परौठाका लागि छुट्टाछुट्टै किचन बनाइएको छ । हामी सरसफाईमा निकै सचेत छौं, गुणस्तर भयो भने ग्राहकलाई बोलाइरहनुपर्दो रहेनछ, ’उनले भने ।

    अहिले होम डेलिभरी भएको छैन । माग थेग्न र काम गर्ने कर्मचारी पाउन कठिन भएपछि डेलिभरी रोकिएको हो भने अर्कोतर्फ परौठाका परिकार खानका लागि रेष्टुरेण्टमै आउनेको सङख्या बढेपछि बाहिर जानबाट रोकिएको छ । 

    तर ठूलो मात्रामा आवश्यक परे उनले क्याट्रिङको रुपमा सेवा दिदै आएका छन् । उनले भोजहरुमा परौठाको माग अनुसार पछिल्लो समय क्याटरिङ प्रदान गर्दै आएको उल्लेख गरे । उनको किचनमा लच्छा, प्याज, लसुन, मुला, गोभी, लौका, सौफ, अदुवा, च्याउ, सीम्डा मिर्च, दाल, कोकी, सिस्नो, पालक, मेथी, केरा, चनसुर, करेला लगायतका परौठा तयार हुने गरेका छन् । उनी परौठालाई सुहाउने अनेक प्रकारका तरकारी पनि पकाउछन । ‘हरेक दिन फरक स्वाद ग्राहक दिने योजना छ, उनी भन्छन् ।IMG_20210329_104045.jpg
    यो वैदेशिक रोजगारी जानु भन्दा उत्तम पेशा रहेको उनी बताउँछन् । ‘जे काम गरे पनि एउटामा निपूर्ण हुनुपर्छ, नत्र लक्ष्य हासिल गर्न सकिदैन, उनले भने ।

    परौठा बेचेरै छोराछोरीलाई उच्च शिक्षा

    न्यौपानेका एक श्रीमती र ३ छोराछोरी छन् । श्रीमतीले परौठा हाउसमै सघाउँदै आएकी छन् । छोराछोरी भने अध्ययनमा छन् । तीन छोराछोरी मध्ये एक छोरा उच्च शिक्षाका लागि अष्ट्रेलियामा रहेका छन् । एक छोरा र एक छोरीलाई नेपालमै राम्रोसंग पढाएको न्यौपानेले बताए । 

    हामीले यति धेरै मिहिनेत गरेको यिनै छोराछोरीको भविष्यका लागि हो । १६ वर्ष विदेश पनि यिनीहरुको लागि बिताए । अहिले नेपालमा आएर पेशा व्यवसाय गरेको पनि यिनीहरुकै लागि हो । विदेशमा बसेर काम गर्दा यति धेरै आनन्द आएको थिएन्, अहिले भने निकै आनन्द आएको छ । 

    कोभिड अगाडिसम्म दैनिक २५/३० हजार सम्म कमाई हुने गर्दथ्यो, अहिले भने घटेर दैनिक ८/१० हजारमा झरेको उनले बताए । यसलाई थप व्यवस्थित र विस्तारित गर्दै जाने सोचमा रहेको उनले बताए ।


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij