सोमवार , मंसिर ८, २०८२
खै कसरि अन्माउने होला
एकछिन घरमा नहुदा आतिने मेरो बा
अब कसरि पठाउने मलाई अर्काको बुहारी बनाइ
फुल जसरी पालेर हुर्काको मलाई
कतै चोट लागे पनि म मलाइ भन्दा बढी
दुख्थ्यो मेरो बा लाई
कसैको नरुने मेरो बा त्यो दिन पनि,
आसु आखैमा बसाई दिस्योस न है
दिनदिनै हसाउने मलाइ खै
कसरि जानु रुवाएर मेरो बा लाई
समाजलाई पेटभरी भोज खुवाएर
मेरो बा को मन खाली बनाई
आशुको भार हुनेछ
घरमा सबैजना रोएको देखेर मन आफै अत्तालिएको हुनेछ
बा को आँखामा डर समाउने छ
आमाको मन मा गाठो पर्नेछ
दाईको काँधमा घर परिवारको आशा हुनेछ
मेरो मनमा केवल पीडाको भार हुनेछ
खै कसरि थाम्न सक्ने यो दिन मा मैले आफुलाई
बा लाई त् आफ्नै आत्मा पनि लुते झैँ हुने होला
आमालाई त् जमिन धस्या झैँ हुने होला
दाइ ले बाहिर जा भनेर जिस्के नि
आँखामा आँशुको भेल झरना झैँ बहने होला
बा खै कसरी जाउ
त्यो हजुर जस्तै माया गर्लान त् मलाई
मलाइ चोट लागेमा मलाई भन्दा बढी
दुख्ला त् त्यहाँ कसैलाई
निराश हुदा हसाई देलान त् मलाई
छोरी झैँ अपलाउन त् मलाई
हजुरले पठाएको फुल जस्ती छोरी कतै ओइलाउने त् होइन्
त्यस्तो गरि पठाएको छोरीलाई फेरी फर्काउने त् होइन्
एकचोटी हात नलाएको मेरो बाले
मेरो शरीरमा पिटेको डाम देखिने त् होईन
जिन्दगीभर कसैसंग नझुकेको मेरो बा
त्यो दिन आफैसंग झुक्नु पर्ने त् होइन्
कसैसंग कहिल्यै हात नथाप्ने मेरो बा
उनीहरुका शर्तका अगाडी लाचार हुने त् होइन्
मेरा खुसीका निम्ति पराइका
हरेक इच्छाको शिकार हुने त् होइन
उनका कारण सम्बन्धमा छेद पर्न गएमा
मेरो जन्म घरमा मलाइ छोडेर जाने त् होइन
छोरीको बिहे नगरौ समाजको डर
छोरीको बिहे गरौ जिन्दगि भरि डर
यहि दोधारमा रुमलिएका छन् मेरा बा
मेरो आगामी गन्तब्यको चिन्ताले बा सुकेका छन्
आफ्नो आँशुको भेल लुकाई, मलाई हसाइ रहेका छन
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij