२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

ब्याडमिन्टन टुर्नामेन्ट : भण्डारी भान्जा लेखापढी प्रथम, न्यौपाने लेखापढी द्वितीय

बुधवार , मंसिर १७, २०८२

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १७ मंसिर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन ईकाई समिति भैरहवा, रुपन्देहीद्वारा आयोजित ब्याडमिन्टन टुर्नामेन्ट खेलमा भण्डारी भान्जा लेखापढी तथा भु.सेवा केन्द्र प्रथम भएको छ । शनिबार भैरहवास्थित ब्याडमिन्टन कभर्ड हलमा भएको फाइनल खेलमा न्यौपाने लेखापढीलाई पराजित गर्दै मामाभान्जा लेखापढी प्रथम भएको हो ।

    प्रतियोगितामा न्यौपाने लेखापढी तथा भु.सेवा केन्द्र द्वितीय भएको रेफ्री अर्जुन क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार भैरहवामा प्रदान गरिएको छ ।

    नेपाल लेखापढी कानुन व्यवसायी एशोसिइसन ईकाई समिति भैरहवाका अध्यक्ष शिव भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा प्रतियोगितामा उद्घाटन समारोह सम्पन्न भएको थियो । प्रतियोगितामा १० वटा टीमको सहभागीता रहेको थियो ।